चौथो टी-२० मा नेपाल १५ रनले विजयी
युगान्डासँगको चौथो टी-२० खेलमा नेपाल १५ रनले विजयी भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी महिला टी-२० शृङ्खलाको चौथो खेलमा नेपालले जित हासिल गरेको हो। नेपालले दिएको ९८ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डा ८२ रनमै समेटियो।
युगान्डाका लागि जेनेत एम्बाजीले २१, रिता न्यागेन्डोले १६ र केभिन अविनोले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन्।
नेपालका लागि हिरामयी रोयले दुई, कविता कुँवर, अस्मिता कर्माचार्य र रुबिना क्षेत्रीले एक-एक विकेट लिए।
पहिले ब्याटिङ गरेको नेपालले १७.५ ओभरमा सबै विकेट गुमाएर ९७ रन बनाएको थियो। नेपालका लागि ज्योति पाण्डेले १७, बिन्दु रावलले १६ र सीता रानामगरले ११ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
युगान्डाका लागि कोन्सी अविकोले तीन, साराह अकिटङले दुई, फियानो क्युलम र जेनेत एम्बाजीले एक-एक विकेट लिए।
पाँच खेलको शृङ्खलामा नेपालले एक खेल जितेको छ भने युगान्डाले तीन खेल जितिसकेको छ। पाँचौं खेल शनिबार मध्याह्न १ बजे हुनेछ।