मतगणना नसकिंदै प्रतिस्पर्धीले दिए मीना लामालाई बधाई
हेटौंडा उपमहानगरपालिकाको मेयरका उम्मेदवार मीना लामालाई मतगणना नसकिंदै प्रतिस्पर्धी उम्मेदवारले बधाई दिएका छन्।
हेटौंडामा करीब दुई हजार मत गन्न बाँकी छ। मेयरमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) की उम्मेदवार लामा दुई हजार मतले अगाडि छन्।
मतगणना चलिरहेको वेला नेकपा (एमाले) का उम्मेदवार अनन्त पौडेलले लामालाई बधाई दिएका हुन्। प्राविधिक रूपमा घोषणा हुन बाँकी भए पनि लामाले चुनाव जितिसकेकाले बधाई दिएको पौडेलले बताए।
हेटौंडामा शुरूआतदेखि नै लामा र पौडेलबीच प्रतिस्पर्धा चलिरहेको छ। उनीहरूसँगै प्रतिस्पर्धामा रहेका राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह अहिले तेस्रो नम्बरमा छन्।