जनकपुरधाममा पनि स्वतन्त्र उम्मेदवारकै अग्रता
जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राखेका छन्।
शुक्रबार मध्याह्नसम्मको मतगणना अनुसार, स्वतन्त्र उम्मेदवार मनोज साहले सात हजार २६९ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार शिवशंकर साहले पाँच हजार ३१ मत पाएका छन्।
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मनोज चौधरीले दुई हजार ७६६, स्वतन्त्र उम्मेदवार बलराम महतोले दुई हजार २९८, पाँच दलीय गठबन्धनका उम्मेदवार लालकिशोर साहले एक हजार ९५० मत पाएका छन्।
यसै गरी उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार अगाडि रहेका छन्। कांग्रेसकी किशोरी साहले आठ हजार ५०८ र एमालेकी रूणा झा पाँच हजार ७६० मत पाएका छन्।
धनुषाको मिथिला नगरपालिकाको मेयरमा कांग्रेसका महेन्द्र महतो निर्वाचित भएका हुन्। महतोले सात हजार ३१ मत पाए भने उनका प्रतिस्पर्धी एमालेका राजाराम महतोले ६ हजार ९४० मत पाएका छन्।
यस्तै, उपमेयरमा एमालेकी सुनीता सिंह बुढाथोकी निर्वाचित भएकी छन्। उनले सात हजार ४१४ मत पाइन् भने प्रतिस्पर्धी कांग्रेसकी निर्मला कोइरालाले ६ हजार ७३५ मत पाइन्।