रौतहटको राजपुरमा कांग्रेस विजयी
रौतहटको राजपुर नगरपालिकामा नेपाली कांग्रेसका मेयर र उपमेयरका उम्मेदवार विजयी भएका छन्। मेयरमा मोहम्मद राजिक आलम ६ हजार ३३५ र उपमेयरमा जमिला असगरी ६ हजार २६८ मत सहित निर्वाचित भएका हुन्।
राजिक आलम जाकिर पूर्व मन्त्री अफताब आलमका छोरा समेत हुन्। राजिकका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका मोहम्मद जैद आलमले तीन हजार ७५१ मत प्राप्त गरेका छन्। उपप्रमुखमा जसपाकी चिन्ताकुमारी कलवारले तीन हजार ६२९ मत प्राप्त गरेका छन्।
राजपुरसँगै रौतहटमा नेपाली कांग्रेसले तीन, नेकपा (एकिकृत समाजवादी) ले दुई, नेकपा (माओवादी केन्द्र) ले एक‚ एमालेले एक र लोकतान्त्रिक समाजवादी पार्टीले एक स्थानमा प्रमुख र उपप्रमुख पदमा जित हासिल गरेका छन्। रौतहटका १० वटा पालिकाको मत परिणाम सार्वजनिक हुन बाँकी छ।