भरतपुरमा साढे ५५ हजार मतगणना, कसको कति?
भरतपुर महानगरपालिकामा शुक्रबार बिहानसम्म ४४ प्रतिशत मतगणना सकिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, बिहान साढे १० बजेसम्मको मतगणनामा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालले मेयरमा अग्रता कायमै राखेकी छन्। उनले २१ हजार ८५ मत पाएकी छन्।
त्यस्तै, उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार विजय सुवेदीले १७ हजार ८१८ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आठ हजार २६ मत पाएका छन्।
यसै गरी उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले अग्रता लिइरहेका छन्। उनले २३ हजार ४८७ मत पाएका छन् भने प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले १४ हजार १४४ मत पाएकी छन्।
भरतपुरमा एक लाख २७ हजार ५६६ मत खसेको थियो।