पोखरा महानगरमा गठबन्धनको अग्रता
कास्कीको पोखरा महानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।
६४ हजार ११ मत गणना हुँदा गठबन्धनबाट मेयरका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य तीन हजार १६६ मतले अगाडी छन्। आचार्यले २६ हजार ४११ र नेकपा (एमाले) का कृष्ण थापाले २३ हजार २४५ मत प्राप्त गरेका छन्।
उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसकी कोपिला रानाभाट २६ हजार ६४४ मत सहित अग्रस्थानमा छिन्। उनलाई पछ्याइरहेकी एमालेकी मञ्जुदेवी गुरुङले २६ हजार ५७८ मत प्राप्त गरेकी छन्।
महानगरपालिकाको १५ वटा वडाको मतगणना सकिंदा कांग्रेसले ११ र एमालेले चार वटा वडामा वडाध्यक्ष जितेको छ।