नेपालगञ्जको मेयरमा कांग्रेसका विष्ट र उपमेयरमा जसपाका राई विजयी
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्दीन राई विजयी भएका छन्।
गठबन्धनका तर्फबाट उम्मेदवार बनेका विष्टले नेकपा (एमाले) का पशुपतिदयाल मिश्रालाई नौ हजार ७८५ मतान्तरले पराजित गरेका हुन्। विष्टले २३ हजार ४६० मत र मिश्राले ११ हजार ६७५ मत प्राप्त गरेका छन्। राप्रपाका नन्दलाल वैश्य सात हजार ५९८ मत पाएर तेस्रो स्थानमा छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपालगञ्जको मेयरमा राप्रपाले जितेको थियो।
उपमेयरमा गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका कमरुद्दीन राई विजयी भएका छन्। उनले १७ हजार ९५० मत ल्याएका छन्। एमालेकी एमालेकी शान्तिदेवी ढकालले १० हजार ९१५ मत र राप्रपाकी बिन्दु चर्ती मगरले १० हजार १३५ मत प्राप्त गरेका छन्। उपमहानगरमा ६१ हजार १६१ मत खसेका थियो।