उर्लाबारीमा एमाले विजयी
मोरङको उर्लाबारी नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ। मेयरमा गंगाप्रसाद खरेल र उपमेयरमा मीनाकुमारी खतिवडा विजयी भएका हुन्।
मेयर खरेलले १२ हजार १५६ मत र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार तथा निर्वतमान मेयर खड्ग फागोले १० हजार २९० मत प्राप्त गरेका छन्। उपमेयर खतिवडाले १० हजार ७२८ र कांग्रेसका उम्मेदवार सीता कार्कीले १० हजार ६४० मत ल्याएका छन्।
उर्लाबारीमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले गठबन्धन गरेका थिए। गठबन्धनबाट मेयरका उम्मेदवार एकीकृत समाजवादीका मानबहादुर श्रेष्ठले दुई हजार ५३ मत पाएका छन्।
एमालेले १, ३, ५, ७ र ८ तथा कांग्रेसले २, ४, ६ र ९ नम्बर वडामा वडाध्यक्ष जितेका छन्।