बर्दिबासमा गोलाप्रथाबाट दोस्रो पटक निर्वाचित घोषणा
सिल नखोलिएको बाकस भेटिएपछि गरिएको मतगणनामा बराबरी हुँदा महोत्तरीको बर्दिबासमा गोलाप्रथाबाट निर्वाचित घोषणा गरिएको छ।
बर्दिबास नगरपालिका-८ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार शमशेर सिंह गोलाप्रथाबाट निर्वाचित घोषणा भएको हुन्। गोलाप्रथा गर्दा सिंहले जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचन अधिकृतको कार्यालयले उनलाई दोस्रो पटक निर्वाचित घोषणा गरेको होे।
तीन दिनअघि उनी वडाध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको थियो। वडाध्यक्षको मत गणना गर्दा उनले ७५३ मत पाएका थिए। उनका प्रतिस्पर्धी नेकपा (एमाले) का रुद्र किङरिङले ७४४ मत पाएका थिए।
आज मतपेटिका गोदाममा राख्दा एउटा मतपेटिका सिलबन्दी अवस्थामा भेटिएको थियो। त्यसपछि विवाद हुँदा मतगणना गरिएको थियो।
मतगणना हुँदा दुवैको बराबर ७६७ मत पुगेको थियो। गोलाप्रथा गर्दा सिंहले वडाध्यक्ष जितेका छन्।