भरतपुरमा एक तिहाइ मतगणना, कसको कति?
चितवनको भरतपुर महानगरपालिकामा एक तिहाइ मतगणना भएको छ।
बिहीबार अपराह्न ४ बजेसम्म ४३ हजार ३५३ मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। भरतपुरमा एक लाख २७ हजार ५५६ मत खसेको थियो।
मेयरमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालले अग्रता फराकिलो पार्दै गएकी छन्। उनले १६ हजार ४४७ मत पाएकी छन् भने प्रतिस्पर्धी नेकपा (एमाले) का विजय सुवेदीले १३ हजार १७६ मत पाएका छन्।
त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ७९९ मत पाएका छन्। उनी कांग्रेसबाट बागी उम्मेदवार बनेका हुन्।
उपमेयरमा भने कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले आठ हजार मतको अग्रता कायम राखेका छन्। उनले १८ हजार ६१८ मत पाएका छन् भने प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले १० हजार ३७५ मत पाएकी छन्।
भर्खरै भरतपुर-९ को मतगणना सकिएको छ। वडाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार यमलाल कँडेल निर्वाचित भएका छन्। उनले एक हजार ९५८ मत पाएका छन् भने प्रतिस्पर्धी एमालेका लीलावल्लभ भुसालले एक हजार ४०६ मत पाएका छन्।
अहिले भरतपुर-१० को मतगणना भइरहेको छ। यो वडामा पाँच हजार ७०८ मत खसेका छन्।