सांसदबाट राजीनामा दिएका उपेन्द्र कुशवाहा मेयरमा पराजित
सांसदबाट राजीनामा दिएर स्थानीय चुनावमा उम्मेदवार बनेका उपेन्द्रप्रसाद कुशवाहा मेयरमा पराजित भएका छन्।
मधेश प्रदेश सभा सदस्यबाट राजीनामा दिएर कुशवाहा सर्लाहीको गोडैटा नगरपालिकाको मेयरमा उम्मेदवार बनेका थिए।
बिहीबार सम्पन्न मतगणनामा उनी ५५२ मतले पराजित भएका छन्। गोडैटाको मेयरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार देवेन्द्रकुमार यादव निर्वाचित भएका छन्। उनले पाँच हजार २९४ मत पाएका छन्।
नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार पूर्व सांसद कुशवाहाले चार हजार ७४२ मत पाए।
उनी २०७४ को प्रदेश सभा निर्वाचनमा सर्लाही ४ ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। उनी मधेश प्रदेश सभामा कांग्रेसको प्रमुख सचेतक थिए।