तिलोत्तमाको मेयरमा गठबन्धनको अग्रता
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा सत्ता गठबन्धनका उम्मेदवार र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवार अगाडि छन्।
नौ हजार ९४२ मतगणना हुँदा गठबन्धनबाट नेपाली कांग्रेसको मेयरका उम्मेदवार रामकृष्ण खाँण २०७ मतले अगाडि छन्। खाँणले तीन हजार ८२८ मत प्राप्त गर्दा एमाले मोहन चापागाईंले तीन हजार ६२१ मत ल्याएका छन्।
उपमेयरमा भने एमालेकी उम्मेदवार जागेश्वरदेवी चौधरी फराकिलो मतान्तर सहित अगाडि छिन्। चौधरीले तीन हजार ४४८ मत प्राप्त गर्दा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का हेमलाल पाण्डेले एक हजार ७२२ मत प्राप्त गरेका छन्।