नेपालगञ्जमा गठबन्धनका उम्मेदवार फराकिलो मतान्तर सहित अगाडि
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार फराकिलो मतान्तर सहित अगाडि छन्।
गठबन्धनबाट नेपाली कांग्रेसको मेयरका उम्मेदवार प्रशान्त विष्ट आठ हजार ८५१ मतले अगाडि छन्। उनले १५ हजार ४९७ मत ल्याउँदा दोस्रो स्थानमा रहेका नेकपा (एमाले) का पशुपति दयाल मिश्राले ६ हजार ६४६ मत प्राप्त गरेका छन्। यस्तै‚ रापप्राका नन्दलाल वैश्यले पाँच हजार ९२२ मत प्राप्त गरेका छन्।
उपमेयरमा गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार कमरुद्दीन राई पनि फराकिलो मतान्तर सहित अगाडि छन्। उनले ११ हजार १९८ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेकी राप्रपाकी बिन्दु चर्ती मगरले सात हजार ६० र तेस्रो स्थानमा रहेकी एमालेकी शान्ति ढकालले ६ हजार ९२८ मत प्राप्त गरेका छन्।