पोखराको मेयरमा गठबन्धन र उपमेयरमा एमालेको अग्रता
कास्कीको पोखरा महानगरपालिकाको मेयरमा गठबन्धन र उपमेयरमा नेकपा (एमाले) ले अग्रता लिएका छन्।
एक लाख ४३ हजार २२६ मत खसेको महानगरको ४७ हजार ५६६ मतगणना हुँदा गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का मेयरका उम्मेदवार धनराज आचार्य दुई हजार १०३ मतान्तरले अगाडि छन्। आचार्यले १९ हजार ६१५ मत ल्याउँदा एमालेका कृष्ण थापाले १७ हजार ५१२ मत ल्याएर पछ्याइरहेका छन्।
उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ २२८ मतले अगाडि छिन्। उनले २० हजार दुई र गठबन्धनबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले १९ हजार ७७४ मत प्राप्त गरेका छन्।