ललितपुर महानगरको मेयरमा कांग्रेसका महर्जन र उपमेयरमा एमालेकी शाक्यको अग्रता
ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपमेयरमा नेकपा (एमाले) की मञ्जली शाक्यको अग्रता कायम छ।
बुधबार साँझसम्म कांग्रेसका महर्जनले १४ हजार २८५ र एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले सात हजार १२९ मत प्राप्त गरेका छन्। मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अष्टबहादुर महर्जनले ९७१ र विवेकशील साझा पार्टीका उज्ज्वलकृष्ण श्रेष्ठले २९६ प्राप्त गरेका छन्।
यस्तै, उपप्रमुखमा एमालेकी उम्मेदवार शाक्यले सात हजार ३७७ मत र नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले चार हजार ७७५ मत ल्याएका छन्।