सीके राउतको गाउँपालिकामा लोसपा विजयी
जनमत पार्टीका अध्यक्ष सीके राउतको गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार निर्वाचित भएका छन्।
अध्यक्ष राउतको गृहपालिका सप्तरीको महादेवा गाउँपालिकामा लोसपाका उम्मेदवार सुनीलकुमार मण्डल निर्वाचित भएका हुन्। उनले चार हजार ५७० मत पाए।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपककुमार यादवले दुई हजार २०५ मत पाए। जसपाका शिवनन्दन यादवले एक हजार ७४२ मत पाए।
जनमत पार्टीका उम्मेदवार जगनाथ मण्डल चौथो स्थानमा रहे। उनले एक हजार ३४१ मत पाए।
त्यस्तै, उपाध्यक्षमा पनि लोसपाकै अर्चनाकुमारी यादव तीन हजार ८६७ मत प्राप्त गरी निर्वाचित भएकी छन्। प्रतिस्पर्धी कांग्रेसकी सुष्माकुमारी मण्डलले दुई हजार २५३ मत ल्याएकी छन्।
त्यस्तै, जसपाकी राखीकुमारी यादवले एक हजार ६९४ र जनमतकी ललिताकुमारी मण्डलले एक हजार ५८५ मत पाइन्।
राउतको वडा नंं २ मा भने जनमत पार्टीका उम्मेदवार जागेश्वरप्रसाद ईशर वडाध्यक्ष बनेका छन्। उनी ९६६ मत पाएर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी लोसपाका अमरलाल मण्डलले ६०९ मत पाए।