भरतपुरमा रेणु दुई हजार मतले अगाडि
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालले दुई हजार मतको अग्रता कायम गरेकी छन्।
बुधबार साँझ ६ बजेसम्म ३० हजार २५२ मतगणना भएको छ। मेयरमा दाहालले ११ हजार ९० मत पाएकी छन्।
उनका प्रतिस्पर्धी नेकपा (एमाले) का विजय सुवेदीले नौ हजार ९० मत पाएका छन्। तेस्रो नम्बरमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार ९५८ मत पाएका छन्।
त्यस्तै, उपमेयरमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले अग्रता फराकिलो बनाएका छन्। उनले १३ हजार २४५ मत पाएका छन् भने प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले सात हजार ३७१ मत पाएकी छन्।
अहिले भरतपुर वडा नंं ७ र ८ को मतगणना भइरहेको छ। भरतपुरमा एक लाख २७ हजार ५६६ मत खसेको थियो।