धरानमा माओवादीको प्रदर्शन, मतगणना रोकियो
धरान उपमहानगरपालिकाको मतगणनाका क्रममा अधिकृतको हस्ताक्षर नभएका मतपत्र भेटिएपछि विवाद उत्पन्न भएको छ भने मतगणना रोकिएको छ।
धरान वडा नं. २० को मतपेटिकामा अधिकृतको हस्ताक्षर नभएका १८ वटा मतपत्र भेटिएका थिए। गणनामा बसेका प्रतिनिधिले ती मतपत्र बदर गर्ने सहमति गरेका थिए।
जसमा माओवादीलाई मत आएका १३ र कांग्रेसलाई मत आएका पाँच थिए।
तर, मतगणना स्थल बाहिर रहेका नेकपा (माओवादी केन्द्र) का कार्यकर्ता भने विरोधमा उत्रिएका छन्। उनीहरू निर्वाचनमा धाँधली भएको भन्दै प्रदर्शन गरिरहेका छन्।
प्रदर्शनकारीले मतदान स्थल बाहिर तोडफोड पनि गरेका छन्। जसले गर्दा मतगणना रोकिएको छ। मतदान स्थलको सुरक्षाका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।