मन्त्रीका छोरा मेयरमा पराजित
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा जनमत पार्टीका वीरेन्द्र माझी निर्वाचित भएका छन्।
उनी जनता समाजवादी पार्टी (जसपा) का शैलेशकुमार साहलाई १६१ मतले पराजित गर्दै मेयर बनेका हुन्। शैलेश मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहका छोरा हुन्।
मेयरमा निर्वाचित जनमत पार्टीका उम्मेदवार माझीले ६ हजार ४०७ मत पाए। जसपाका उम्मेदवार साहले ६ हजार २४६ मत पाए।
त्यस्तै, उपमेयरमा जसपाकी सरितादेवी यादव सिपालिया निर्वाचित भएकी छन्। उनले ६ हजार ५१२ मत पाइन् भने प्रतिस्पर्धी जनमत पार्टीकी रेखादेवी मण्डलले पाँच हजार ९८२ मत पाइन्।