धरान उपमहानगरमा पनि ‘लौरो’ले लियो अग्रता
धरान उपमहानगरपालिकाको मेयरमा पनि स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन्।
बुधबार मध्याह्नसम्म भएको मतगणनामा लौरो चुनाव चिह्न लिएका स्वतन्त्र उम्मेदवार हर्कराज राईले आठ हजार ४६ मत पाएका छन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले सात हजार ९९६ मत पाएका छन्। उनी पाँच दलीय गठबन्धनका उम्मेदवार हुन्।
तेस्रो नम्बरमा रहेकी नेकपा (एमाले) की उम्मेदवार मञ्जु भण्डारी सुवेदीले ६ हजार ५७८ मत पाएकी छन्।