सिके राउतको पार्टीले खाता खोल्यो
सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले सप्तरीको हनुमाननगर कंकालिनीको मेयर जितेको छ।
जनमत पार्टीका वीरेन्द्र माझीले जनता समाजवादी पार्टी (जसपा) का शैलेशकुमार साहलाई १६१ भोटले पराजित गरेका हुन्।
माझी ६ हजार ४०७ मत प्राप्त गरेर मेयरमा निर्वाचित भएका हुन्। साहले ६ हजार २४६ मत पाए।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) का राहुलकुमार मण्डलले तीन हजार ८७३, नेपाली कांग्रेसका उमेशकुमार मिश्र एक हजार ५९२ र नेकपा (एमाले) का शरिफ रहमानले एक हजार ७९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।