भरतपुरमा २७ हजार मत गणना, कसको कति?
भरतपुर महानगरपालिकामा बुधबार बिहान १०:५५ बजेसम्म २७ हजार २६ मत गणना भएको छ।
मेयरमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालले १६१७ मतले अग्रता लिएकी छन्। उनले नौ हजार ८०१ मत पाएकी छन्।
उनका प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीले आठ हजार १८४ मत पाएका छन्। त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार ४३९ मत पाएका छन्।
उपमेयरमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले अग्रता लिएका छन्। उनले ११ हजार ७४० मत पाएका छन् भने प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ६ हजार ६६८ मत पाएकी छन्।
अहिले भरतपुर–६ को मतगणना भइरहेको छ। भरतपुरमा एक लाख २७ हजार ५६६ मत खसेको छ।