काठमाडौंमा बालेन र सुनिताको फराकिलो अग्रता‚ कसको कति मत?
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवार सुनिता डंगोलले अग्रता कायमै राखेका छन्। बालेन ६ हजार ३२४ र सुनिता नौ हजार २९० मतले अगाडि छन्।
३५ हजार ८९४ मतगणना हुँदा बालेनले १३ हजार ६८८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस्तै‚ नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले सात हजार ३६४ मत प्राप्त गरेका छन्। यस्तै‚ नेपाली कांग्रेसकी सिर्जना सिंहले ६ हजार ४९४ मत र राप्रपाका मदनदास श्रेष्ठले एक हजार २२५ मत प्राप्त गरेका छन्।
उपमेयरमा एमालेकी सुनिता डंगोलले अग्रता कायमै राखेकी छिन्। उनले १३ हजार ४०८‚ नेकपा एकीकृत समाजवादीका राजेश्वर श्रेष्ठले चार हजार ११८ र राप्रपाकी दुई हजार ५५५ मत प्राप्त गरेका छन्।