दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धन विजयी
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेसको मेयरका उम्मेदवार तीर्थराज भट्टराई र नेकपा (माओवादी केन्द्र) का उपमेयरका उम्मेदवार विसन राई विजयी भएका हुन्।
भट्टराईले एमालेका उम्मेदवार कुमार आचार्यलाई पराजित गरेका हुन्। भट्टराईले ११ हजार ३८९ र आचार्यले ६ हजार ९९६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यस्तै, उपमेयर निर्वाचित राईले १० हजार ४३८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी वीणादेवी राईले सात हजार ३१९ मत प्राप्त गरेकी छन्।
२०७४ सालको स्थानीय तह चुनावमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एमाले विजयी भएको थियो। वीणादेवी निवर्तमान उपमेयर हुन्।