घोराहीमा नरुलालको अग्रता कायमै‚ हेमराज ४७५८ मतले पछाडि
दाङको घोराही उपमहानगरपालिकाको मेयरमा नेकपा (एमाले) का उम्मेदवार नरुलाल चौधरीले चार हजार ७५८ मतान्तर सहित अग्रता कायमै राखेका छन्।
६२ हजार ८१५ गणना हुँदा नरुलाल चौधरीले २५ हजार ६१६ र सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का हेमराज शर्माले २० हजार ८५८ मत प्राप्त गरेका छन्।
यस्तै‚ उपमेयर पदमा पनि एमालेका उम्मेदवार ७३१ मत सहित अगाडि छन्। एमालेकी हुमा डिसीले २४ हजार ५८६ र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार भूपबहादुर डाँगीले २३ हजार ८५५ प्राप्त गरेका छन्।
उपमहानगरपालिकामा करीब १४ हजार मतगणना गर्न बाँकी छ।