पोखरामा धनराजको अग्रता कायमै‚ कृष्णभन्दा १७९९ मतले अगाडि
कास्कीको पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन्।
गठबन्धनका तर्फबाट उम्मेदवार रहेका आचार्यले नेकपा (एमाले) का उम्मेदवार कृष्ण थापासँगको मतान्तर एक हजार ७९९ पुर्याएका छन्। आचार्यले १३ हजार ३५७ मत प्राप्त गर्दा एमालेका थापाले ११ हजार ५५८ मत पाएका छन्। राप्रपाका शंकर खरालले एक हजार ३९२ प्राप्त गरेका छन् ।
उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले अग्रता कायम राखेकी छन्। उनले १३ हजार ६६२ मत प्राप्त गरेकी छन् भने एमालेकी मञ्जुदेवी गुरुङले १३ हजार ३० मत ल्याएर पछ्याइरहेकी छिन्। राप्रपाकी रञ्जना सेनले एक हजार १५९ मत प्राप्त गरेकी छन्।
हालसम्म ३२ हजार १०० मतगणना भएको छ। पोखरामा एक लाख ४३ हजार २२६ ले मतदान गरेका थिए।