फेरि सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति?
सरकारले दुई महीना नबित्दै फेरि लामो दूरीका सार्वजनिक यातायातको भाडा बढाएको छ।
यातायात व्यवस्था विभागले मंगलबार सूचना प्रकाशित गरी सार्वजनिक यातायातको भाडा बढाएको हो। स्वचालित प्रणाली अनुसार, सार्वजनिक यातायातको भाडा बढाएको विभागले जनाएको छ।
बुधबारदेखि लागू हुने गरी यात्रुवाहक सवारीमा ३.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.६ प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ५.१ प्रतिशत भाडा बढाएको हो।
यसअघि सरकारले गत चैत २० गते भाडा बढाएको थियो। डिजेलको मूल्य बढेकाले सार्वजनिक यातायातको भाडा बढाएको विभागको भनाइ छ।