संसद् अवरोध हटाउने एमालेको निर्णय
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले नौ महीनादेखि गर्दै आएको संसद्को अवरोध हटाउने निर्णय गरेको छ।
मुलुक आर्थिक सङ्कटमा परेको भन्दै संसद्को अवरोध हटाउने निर्णय भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
मंगलबार प्रतिनिधि सभामा बोल्दै ज्ञवालीले भने, “मुलुक राष्ट्रिय सङ्कटतिर गएकाले हामीले संसद्को अवरोध हटाएर विरोधलाई फरक ढङ्गले लैजाने निर्णय गरेका छौं।”
एमाले २०७८ भदौ २३ गतेदेखि संसद् अवरोध गर्दै आएको थियो।