मतगणना भएका सबै वडामा बालेनको अग्रता, कुन वडामा कति पाए?
काठमाडौं महानगरपालिकाको मेयरमा मतगणना भएका सबै वडामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बनाएका छन्।
मंगलबार अपराह्न ३ बजेसम्म भएको गणनामा स्वतन्त्र उम्मेदवार साहले ११ हजार ४३४ मत पाएका छन्। दोस्रो नम्बरमा रहेका नेकपा (एमाले) का केशव स्थापितले ६ हजार २५८ र नेपाली कांग्रेसकी सिर्जना सिंहले पाँच हजार ४०८ मत पाएका छन्।
अहिलेसम्म काठमाडौंका नौ वटा वडामा मतगणना भइरहेको छ। स्वतन्त्र उम्मेदवार साहले काठमाडौं–१ मा ७८३ मत पाएका छन् भने स्थापितले ३६५ र सिंहले ४५१ मत पाएका छन्।
त्यस्तै, वडा नं २ मा साहले एक हजार २२०, स्थापितले ७२८ र सिंहले ४१७ मत पाएका छन्। वडा नंं ३ मा साहले एक हजार ७८९, स्थापितले ९३८ र सिंहले ८८५ मत पाएको निर्वाचित अधिकृतको कार्यालयले जनाएको छ।
यसैगरी, वडा नंं ४ मा साहले दुई सय १९८, स्थापितले एक हजार १८२ र सिंहले ८९०, वडा नंं ५ मा साहले एक हजार ४२, स्थापितले ७८७ र सिंहले ५३७ मत पाएका छन्। वडा नं ६ मा पनि अग्रता लिइरहेका साहले ६६७ मत पाएका छन् भने स्थापितले ४१२ र सिंहले ५५० मत पाएका छन्।
काठमाडौं–३२ मा साहले दुई हजार ४५० मत पाएका थिए भने स्थापितले एक हजार ११२ र सिंहले ९०३ मत पाएका थिए। वडा नं ३१ मा साहले ११ सय ७१ मत पाएका छन् भने स्थापितले सात सय र सिंहले ६४७ मत पाएका छन्।
अहिले वडा नं ३० को पनि मतगणना शुरू भएको छ। जसमा साहले ११४, स्थापितले ३४ र सिंहले ४८ मत पाएका छन्।