भरतपुरको मेयरमा रेणुले बढाइन् अग्रता
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन्।
मंगलबार अपराह्न २ः५० बजेसम्म १९ हजार ५८३ मतगणना हुँदा दाहालले ३११ मतको अग्रता बनाएकी छन्। उनले ६ हजार ६०२ मत पाएकी छन्।
त्यस्तै, प्रतिस्पर्धी नेकपा (एमाले) का विजय सुवेदीले ६ हजार २९१ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार २२१ मत पाएका छन्।
उपमेयरमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले अग्रता बढाएका छन्। उनले आठ हजार २६ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले पाँच हजार २५३ मत पाएकी छन्।