तिलोत्तमा नगरपालिकामा एमाले उम्मेदवारले गृहमन्त्रीका भाइलाई पछि पारे
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सत्तारुढ गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ।
११ हजार ४४७ मत गणना हुँदा एमालेबाट उठेका मोहन चापागाईंले कांग्रेसका रामकृष्ण खाँणलाई १२ मतले पछि पारेका हुन्। चापागाईंले ४ हजार ४४९ मत पाएका छन् भने खाँणले ४ हजार ४३७ मत पाएका छन्। वडा नम्बर २ को करीब एक हजार मत गणना हुँदा चापागाईंले झिनो अग्रता लिएका हुन्।
रामकृष्ण गृहमन्त्री बालकृष्ण खाँणका भाइ हुन् भने चपागाईंँ पूर्व सञ्चारकर्मी हुन्। विवादका कारण हिजो साँझदेखि रोकिएको मतगणना पुनः प्रारम्भ भएको छ।