तिलोत्तमाको मतगणना पुनः शुरू
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणना पुनः शुरू भएको छ।
मतगणनामा धाँधली भएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले विरोध जनाएपछि गणना रोकिएको थियो।
वडा नम्बर १६ को मतगणनापछि सङ्ख्या टिपोट गर्ने क्रममा गणक र पार्टी प्रतिनिधिबीच मत सङ्ख्यामा फरक पर्दा विवाद भएको थियो। विवादपछि वास्तविक तथ्याङ्क हेरेर गणना अगाडि बढाउने सहमति गरेर मतगणना पुनः शुरु गरिएको निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले बताए।
गणना अवरुद्ध हुनुअघि मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण खाँणले चार हजार १०२ र नेकपा (एमाले) का उम्मेदवार मोहन चापागाईंले तीन हजार ९७० मत प्राप्त गरेका थिए।
यस्तै‚ उपाध्यक्षमा एमालेकी जनेश्वरीदेवी चौधरीले तीन हजार ७७६ र गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की हेमलाल पाण्डेले एक हजार ९१८ मत प्राप्त गरेका थिए।