ललितपुरमा चिरिबाबु महर्जन दोब्बर मतले अगाडि
ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन दोब्बर मतले अगाडि रहेका छन्।
मंगलबार मध्याह्न साढे १२ बजेसम्म १३ हजार ८१६ मतगणना भएको छ। जसमा महर्जनले सात हजार ७०२ मत पाएका छन्।
उनका प्रतिस्पर्धी नेकपा (एमाले) का हरिकृष्ण व्यञ्जनकारले तीन हजार ३७४ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका राप्रपाका अष्टबहादुर महर्जनको ७३० मत रहेको छ।