खोटेहाङ गाउँपालिकामा गठबन्धन विजयी
खोटाङको खोटेहाङ गाउँपालिकामा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार उदिमबहादुर राई अध्यक्षमा निर्वाचित भएका छन्। उदिमले तीन हजार ७२८ र नेकपा (एमाले) की कविता राईले तीन हजार ६९० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यस्तै‚ उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका रूपेश राई विजयी भएका छन्। रूपेशले तीन हजार ७६३ मत र एमालेका राजन बञ्जराले तीन हजार ३१० मत प्राप्त गरेका छन्।
खोटेहाङ एमाले प्रमुख सचेतक विशाल भट्टराईको गृहपालिका हो। उक्त पालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा एमाले विजयी भएको थियो।