नेपालगञ्जमा कांग्रेस उम्मेदवारले लिए चार हजारको अग्रता
नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारले झण्डै चार हजार मतको अग्रता बनाएका छन्।
मंगलबार बिहान ११ बजेसम्म भएको मतगणनामा कांग्रेसबाट मेयरका उम्मेदवार प्रशान्त विष्ट आठ हजार ३४० मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले) का पशुपतिदयाल मिश्रले चार हजार ३७७ मत पाएका छन्।
अघिल्लो पटक मेयर जितेको राप्रपा भने तेस्रो नम्बरमा छ। राप्रपाका उम्मेदवार नन्दलाल वैश्यले तीन हजार ३६१ मत पाएका छन्।
त्यस्तै, उपमेयरमा पनि गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार कमरुद्दीन राईले ६ हजार ७८८ मत पाएका छन्। दोस्रो नम्बरमा रहेकी राप्रपाकी बिन्दु चर्ती मगरले चार हजार ३६१ मत पाएकी छन्। त्यस्तै, एमालेकी शान्तिदेवी ढकालको चार हजार दुई सय मत सहित तेस्रो नम्बरमा छन्।