तेह्रथुमको लालीगुराँसमा माबुहाङ पुनर्निर्वाचित
तेह्रथुमको लालीगुराँस नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका अर्जुनकुमार माबुहाङ पुनर्निर्वाचित भएका छन्।
उनले नेकपा (एमाले) का उम्मेदवार गणेश सेनेलाई एक हजार ७९५ मतको अन्तरले पराजित गरेका हुन्।माबुहाङले पाँच हजार १३९ मत र सेनेले तीन हजार ३४४ मात्र मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय लालीगुराँसले जनाएको छ।
नगर उपप्रमुखमा पनि कांग्रेसकै जमुना मगर कार्की चार हजार ८८७ मत प्राप्त गरी विजयी भएकी छिन्। उनले एमालेकी उम्मेदवार छविमाया तिम्सिनालाई एक हजार २९३ मतान्तरले पराजित गरेकी हुन्।
कांग्रेसले वडा नम्बर २, ३, ४, ७, ८ र ९ मा विजय हासिल गरेको छ। त्यस्तै एमालेले वडा नम्बर १ र ६ मा विजय हासिल गरेको छ भने वडा नं ५ मा एमालेकै सहयोगमा स्वतन्त्रका उम्मेदवार विजयी भएका छन्।