पोखरामा गठबन्धनका धनराजलाई १२८५ मतको अग्रता
कास्कीको पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार धनराज आचार्यले नेकपा (एमाले) का उम्मेदवार कृष्ण थापालाई एक हजार २८५ मतले पछि परेका छन्।
मंगलबार बिहान २० हजार ६६० गणना हुँदा आचार्यले आठ हजार ५६३ मत प्राप्त गरेका छन्। एमालेका थापाले सात हजार २७८ मत प्राप्त गरेका छन्। मेयरमा राप्रपाका शंकर खरालले एक हजार २७ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ५२६ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले सात हजार ७७६ मत सहित अग्रता कायम गरेकी छन्। एमालेकी मञ्जुदेवी गुरुङले सात हजार २७१ मत सहित पछ्याइरहेकी छन्।
महानगरको वडा नम्बर १ मा एमाले, वडा नम्बर २, ३, ४ र १२ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।