पोखरामा मतान्तर बढाउँदै गठबन्धनका उम्मेदवार
पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन्।
१८ हजार १२० मतगणना हुँदा आचार्यले सात हजार ४१४ मत प्राप्त गरेका छन्। नेकपा (एमाले) का उम्मेदवार कृष्णबहादुर थापाले सात हजार ५४५ मत प्राप्त गरेका छन्।
उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले सात हजार ६३३ मत सहित अग्रता कायम गरेकी छिन्। एमालेकी मञ्जुदेवी गुरुङले सात हजार ४३८ मत सहित पछ्याइरहेकी छन्।
महानगरको वडा नं १ मा एमाले, वडा नम्बर २, ३, ४ र १२ मा कांग्रेस विजय भएका छन्। वडा नम्बर २३ मा वडाध्यक्ष कांग्रेस सहित तीन सदस्य एमालेबाट विजय भएका छन्। अहिले वडा नम्बर ५, १३, २४, २५ र २६ मा मतगणना भइरहेको छ। -रासस