भरतपुरमा १० मतले रेणु दाहालको अग्रता
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालले फेरि अग्रता बनाएकी छन्।
सोमबार राति ८ः१५ बजेसम्म १५ हजार ७३३ मतगणना भएको छ। जसमा दाहालले पाँच हजार २५३ मत प्राप्त गरेकी छन्।
त्यस्तै, नेकपा (एमाले) का विजय सुवेदीले पाँच हजार २४३ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले दुई हजार ५०२ मत प्राप्त गरेका छन्।
उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले अग्रता लिएका छन्। उनले ६ हजार ३२७ मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरुङले चार हजार २४४ मत प्राप्त गरेकी छन्।
मेयरमा पहिलो दुई दिन दाहालले अग्रता लिएकी थिइन्। सोमबार बिहानदेखि एमालेका सुवेदीले अग्रता लिएका थिए। अहिले फेरि दाहालले अग्रता लिएकी हुन्।