टीकापुरमा रेशमको पार्टी दुई हजार मतले अगाडि
कैलालीको टीकापुर नगरपालिकाको मेयरमा निलम्बित सांसद रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले दुई हजार मतको अग्रता लिएको छ।
सोमबार साँझ ५:३० बजेसम्म मतगणनामा उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डगौराले चार हजार ४२० मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नवराज रावलले दुई हजार ५८१ मत पाएका छन्।
त्यस्तै, तेस्रो नम्बरमा रहेका नेकपा (एमाले) का उम्मेदवार श्याम खत्रीले एक हजार ८८४ मत पाएका छन्।
उपमेयरमा पनि उन्मुक्ति पार्टीकी उल्कादेवी विश्वकर्माले अग्रता लिएकी छन्। उनले तीन हजार ४११ मत पाएकी छन्। उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का खड्कबहादुर शाहले तीन हजार २७२ मत पाएका छन्।
टीकापुरमा उन्मुक्ति पार्टीले शुरूआतबाट अग्रता लिंदै आएको छ। निकटतम प्रतिस्पर्धीसँग अग्रता फराकिलो बन्दै गएको छ।