पोखरामा आचार्यले लिए पाँच सयको अग्रता
पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार धनराज आचार्यले अग्रता फराकिलो बनाउँदै लगेका छन्।
सोमबार साँझ ५ बजेसम्मको मतगणनामा आचार्यले पाँच हजार सात मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले) का कृष्ण थापाले चार हजार ५०३ मत पाएका छन्।
तेस्रो नम्बरमा रहेको राप्रपाका शंकर पोखरेले ४४१ मत पाएका छन्। त्यस्तै, स्वतन्त्र उम्मेदवार खड्कप्रसाद पौडेल (गनेस) ले २०२ मत पाएका छन्।
उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले पाँच हजार ६४ र एमालेकी मञ्जु गुरुङले पाँच हजार ११० मत पाएकी छन्।
अहिलेसम्म पोखरा वडा नं. १, २, ३, ४, १२, २३, २४ र २५ को गरी ११ हजार ५९३ मतगणना भएको छ।