२२ वर्षीय युवक गाउँपालिका अध्यक्षमा निर्वाचित
सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा २२ वर्षीय युवक निर्वाचित भएका छन्।
रामनगरको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का राजाबाबु यादव अध्यक्षमा निर्वाचित भएका हुन्। उनले चार हजार ८१ मत पाए।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिनन्दनप्रसाद यादवले दुई हजार ३९२ मत पाएका छन्।
त्यस्तै, उपाध्यक्षमा माओवादीकै गीता देवी तीन हजार ५२३ मत ल्याएर निर्वाचित भएकी छन्। कांग्रेसबाट उपाध्यक्षको उम्मेदवार कोशिला साहले दुई हजार ६३७ मत पाइन्।