भरतपुरमा १३ हजार मत गन्दा रेणु र विजयबीच ३८ मतको अन्तर
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (एमाले) का विजय सुवेदी र नेकपा (माओवादी केन्द्र) की रेणु दाहालबीच ३८ मतको अन्तर रहेको छ।
सोमबार अपराह्न ३ बजेसम्म १३ हजार ६२ मतगणना भएको छ। जसमा सुवेदीले चार हजार ४५१ र दाहालले चार हजार ४१३ मत पाएकी छन्।
त्यस्तै, मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ९४० मत पाएका छन्।
उपमेयरमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले अग्रता बढाउँदै लगेका छन्। उनले पाँच हजार १९२ र राप्रपाकी हिमला गुरुङले तीन हजार ५४० मत पाएकी छन्।
अहिले भरतपुर वडा नं. ४ को मतगणना भइरहेको छ। वडाध्यक्षमा कांग्रेसका अर्पण पोखरेलले ७२०, एमालेका भानुभक्त सापकोटाले ४७५ र राप्रपाका चतुर्भुज कँडेलले २८२ मत पाएका छन्।