भरतपुरमा १२ हजार मत गन्दा विजय र रेणुबीच ३४ मतको अन्तर
भरतपुर महानगरपालिकामा १२ हजार मत गणना गरिसक्दा मेयरका दुई प्रतिस्पर्धीबीच ३४ मतको मात्रै फरक रहेको छ।
सोमबार मध्याह्न १ बजेसम्म १२ हजार १२६ मत गणना भएको छ। नेकपा (एमाले) बाट मेयरका उम्मेदवार विजय सुवेदीले चार हजार १८१ मत पाएका छन्।
त्यस्तै, नेकपा (माओवादी केन्द्र)बाट मेयरकी उम्मेदवार रेणु दाहालले चार हजार १४७ मत पाएकी छन्। तेस्रो नम्बरमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ७५३ मत पाएका छन्।
यसैगरी, उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले चार हजार ८२८ मत पाएका छन्। राप्रपाकी हिमला गुरुङले तीन हजार २८७ मत पाएकी छन्।
अहिले वडा नं. ४ को मत गणना भइरहेको छ।