काठमाडौंको दक्षिणकाली नगरपालिकामा कांग्रेस विजयी
काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ।
मेयरमा मोहन बस्नेतले ७ हजार २०१ मत र नेकपा (एमाले) का श्रीराम आचार्यले ५ हजार १९२ मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए। बस्नेत २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि दक्षिणकालीको मेयरमा विजयी भएका थिए।
यस्तै‚ उपमेयरमा कांग्रेसकी वसन्ती डङ्गोल तामाङ विजयी भएकी छिन्। उनी पनि यसअघिको निर्वाचनमा उपमेयरमा विजयी भएकी थिइन्। तामाङले ७ हजार ६२३ मत र उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी इन्दिरा न्यौपानेले ४ हजार ८३० मत प्राप्त गरेका छन्।
नौ वटा वडा रहेको नगरपालिकाको कांग्रेसले २, ४, ५, ६, ८ र ९ नम्बर वडाका वडा अध्यक्ष विजयी गराउन सफल भएको छ। वडा नम्बर १, ३ र ७ मा भने एमालेका वडा अध्यक्ष विजयी भएका छन्। -रासस