भरतपुरमा विजय सुवेदीले फेरि लिए अग्रता
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले फेरि अग्रता लिएका छन्।
सोमबार बिहान १० बजेसम्म ११ हजार सात मत गणना भएको छ। जसमा एमालेका सुवेदीले ३ हजार ८३८ मत पाएका छन्।
त्यस्तै नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ३ हजार ८०५ मत पाएकी छन्। सुवेदी र दाहालबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ। कतिवेला सुवेदी त कतिवेला दाहालले अग्रता लिइरहेकी छन्।
मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ५११ मत पाएकी छन्। उनी तेस्रो नम्बरमा छन्।
उपमेयरमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले अग्रता लिइरहेका छन्। उनले ४ हजार ३५२ मत पाएका छन्। त्यस्तै राप्रपाकी हिमला गुरूङले २ हजार ९९८ मत पाएकी छन्।
अहिले वडा नं ३ को मतगणना भइरहेको छ। वडाध्यक्षमा एमालेका विकास थापाले एक हजार ४९५ मत पाएका छन् भने कांग्रेसका भरत लामिछानेले ९५२ मत पाएका छन्।