नेपालगञ्जको मेयरमा गठबन्धनका विष्ट दुई हजार मतले अगाडि
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार नेपाली कांग्रेसका प्रशान्त विष्टले मतान्तर फराकिलो बनाउँदै गएका छन्।
विष्टले ३ हजार ७९६ मत प्राप्त गर्दा उनको निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का पशुपति दयाल मिश्राले १ हजार ७५१ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नन्दलाल वैश्यले १ हजार ७०७ मत ल्याएर पछ्याउँदै छन्।
उपमेयरमा गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का कमरुद्धिन राईले २ हजार ७४५ मत ल्याएर अग्रस्थानमा छन्। उनलाई एमालेकी शान्तिदेवी ढकालले पछाइरहेकी छिन्। ढकालले १ हजार १९० मत प्राप्त गरेकी छिन्। राप्रपाकी विन्दुचर्ति मगरले १ हजार ७७५ मत प्राप्त गरेकी छिन। नेपालगञ्जमा ६१ हजार २०५ मत खसको छ।