घोराही उपमहानगरमा एमालेले लियो अग्रता
घोराही उपमहानगरपालिकाको मेयरमा नेकपा (एमाले) का उम्मेदवारले अग्रता लिएका छन्।
गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हेमराज शर्माले शुरूआती अग्रता लिएका थिए। उनलाई पछि पार्दै एमाले उम्मेदवार नरुलाल चौधरीले ३५ मतको अग्रता कायम गरेका छन्।
एमालेका चौधरीले सात हजार ४५ मत पाएका छन्। उनका प्रतिस्पर्धी माओवादीका शर्माले सात हजार १० मत पाएका छन्।
उपमेयरमा भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार भुपबहादुर डाँगी अगाडि छन्। उनले सात हजार ४४१ मत पाएका छन् भने एमालेकी हुमा डिसीले ६ हजार ७८७ मत पाएकी छन्।