एमाले र कांग्रेसको भन्दा बालेनको मत धेरै
काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा (एमाले) र नेपाली कांग्रेसको भन्दा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) को मत धेरै रहेको छ।
आइतबार राति ८ बजेसम्मको मतगणना अनुसार, एमाले र कांग्रेसका उम्मेदवारले पाएको मत जोड्दा पनि साहको भन्दा कम छ। उनले चार हजार १३९ मत पाएका छन्।
उनका प्रतिस्पर्धी एमालेका केशव स्थापितले दुई हजार १२९ मत पाएका छन्। कांग्रेस उम्मेदवार सिर्जना सिंह तेस्रो नम्बरमा छिन्। उनले एक हजार ९३४ मत पाएकी छन्।
अहिले काठमाडौंका वडा नंं १, २, ३, ४, ३१ र ३२ को मतगणना भइरहेको छ। ३२ वडा रहेको काठमाडौंमा एक लाख ९१ हजार मत खसेको छ।