भरतपुरको मेयरमा दुई मतको अन्तर
भरतपुर महानगरपालिकाको मेयरमा दुई मतको मात्रै अन्तर रहेको छ।
आइतबार साँझ ७ बजेसम्मको मतगणनामा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालले दुई हजार ४२५ मत पाएकी छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले) का विजय सुवेदीले दुई हजार ४२३ मत पाएका छन्।
एमाले उम्मेदवार सुवेदीले मतान्तर घटाउँदै लगेका छन्। त्यस्तै, तेस्रो नम्बरमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ७६१ मत रहेको छ।
अहिले भरतपुर-२ को मतगणना भइरहेको छ।